भिमसेन थापा गाउँपालिकाको वडा नम्वर २ सील
२२ श्रावण २०७८, शुक्रबार ०८:०१
२२ साउन २०७८, गोरखा
गोरखाको भिमसेन थापा गाउँपालिकाको वडा नम्वर २ सील गरिएको छ । कोरोना नियण्त्रणका लागि लगाइएको निषेधाज्ञा पालना नगरेकाले वडा नै सील गर्नु परेको गाउँ पालिकाले जनाएको छ । मेलापात जान नछोड्ने, भिडभाड हुने गतिविधि कायमै रहेकाले सील गरिएको गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत विजयराज वाग्लेले बताउनु भयो । उहाँले सात दिनका लागि सील गरिएको र नियण्त्रणमा नआए अर्को निर्णय गरिने बताउनु भयो ।
Share on Social Media

