२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

रामचन्द्र पौडेल माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डको निवासमा

११ श्रावण २०७८, सोमबार १३:०५

११ साउन २०७८, काठमाण्डौं


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डको निवासमा पुग्नुभएको छ ।
प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्यबारे जानकारी लिएका पौडेल आज विहान खुमलटार पुग्नुभएको हो ।
प्रचण्डकी पत्नी सीता लामो समयदेखि बिरामी हुनुहुन्छ । उहाँ पार्किन्सन्स नामको रोगबाट पीडित हुनुहुन्छ । केही दिनअघि उहाँलाई भेट्न प्रधानमन्त्री समेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवा पनि प्रचण्ड निवास पुग्नु भएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV