जर्गिन्हो, कान्टे र डि ब्रुएन (युइएफए) वर्ष खेलाडीको शीर्ष तीनमा छनोट
४ भाद्र २०७८, शुक्रबार ०८:५१
४ भाद्र, काठमाण्डौं
जर्गिन्हो, कान्टे र डि ब्रुएन युरोपियन युनियन फुटबल एशोसियसन (युइएफए) वर्ष खेलाडीको शीर्ष तीनमा छनौटमा परेका छन् ।
इंग्लिस क्लब चेल्सीका मिडफिल्डरद्धय जर्गिन्हो र एङ्गोलो कान्टेसँगै म्यानचेस्टर सिटीका केभिन डि ब्रुएन युइएफए वर्ष खेलाडीको शीर्ष तीनको मनोनयनमा परेका छन् । युइएफएले २०२०–२१ सिजनको वर्ष पुरुष खेलाडीको शीर्ष तीनको मनोनयन सार्वजनिक गरेको हो । युईएफ वर्ष खेलाडीको अवार्डको मनोनयनमा पहिलोपटक तीन जना नै मिडफिल्डर पर्न सफल भएको हो । गत सिजन दोस्रो भएका बेल्जियन केभिन डि ब्रुएनले सिटीलाई प्रिमियर लिगको उपाधि दिलाएका थिए । यस्तै टोलीलाई च्याम्पियन्स लिगको फाइनलमा पु¥याउन सफल भएका थिए । चोटका कारण उनले चेल्सीविरुद्धको फाइनल खेल गुमाएका थिए । इटालीका जर्गिन्हो एकै वर्षमा च्याम्पियन्स लिग र युरोपेली च्याम्पियनसिप जित्ने १०औं खेलाडी बने । उनले चेल्सीबाट च्याम्पियन्स लिग तथा इटालीबाट युरोकप जित्न सफल भएका थिए ।यसैगरि युईएफए वर्ष खेलाडीको महिलातर्फका शीर्ष तीनको मनोनयमा बार्सिलोनाकै तीन खेलाडी हर्माेसो, मार्टिन्स र पुटेलास मनोनयमा परेकी छन् ।

