२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्न एमाले विभाजन गराइएको ईश्वर पोखरेलको टिप्पणी

३ भाद्र २०७८, बिहीबार १३:५३

३ भाद्र २०७८, काठमाण्डौं


पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले समाजवादी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएपछि नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले टिप्पणी गर्दै अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम गरिएको बताउनुभएको छ ।
पार्टीलाई एकतावद्ध बनाउन अध्यक्ष केपी शर्मा ओलीलगायतले गरेका प्रयासबीच नै अपराधपूर्ण काम भएको टिप्पणी पोखरेलको छ । उहाँले पार्टीलाई एकतावद्ध बनाउन गरिएका समझदारी र लचकतालाई कुल्चने काम भएको पनि बताउनुभयो । नेता नेपालले आफ्नो अध्यक्षतामा वरिष्ठ नेतामा झलनाथ खनाल रहने गरी बुधबार ९५ सदस्यीय केन्द्रीय कमिटीसहित निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी दल दर्ता गर्न निवेदन दिनुभएको थियो । उहाँले नेकपा (एमाले) को आन्तरिक जीवनमा मात्र नभई नेपालको कम्युनिस्ट आन्दोलन तथा मुलुकको लोकतान्त्रिक राजनीतिक आन्दोलनमा केही व्यक्तिहरूबाट कालो धब्वा लगाउने घृणित र निन्दनीय काम भएको समेत बताउनुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV