२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

पार्टी छोडेर अलमलमा परेका नेताहरुलाई एमालेमै फर्कन विष्णु पौडेलको आग्रह

२३ भाद्र २०७८, बुधबार १९:३३

भाद्र २३, काठमाण्डौं


नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले एमाले पार्टी बिभाजन नभएको दावी गर्नुभएको छ ।
बुधवार बुटवलमा प्रेस चौतारी नेपाल रुपन्देहीले आयोजनाको गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पौडेलले समाजवादीको नाउमा अलग भएकाहरु फुटेर गएका नभई काँचुली मात्रै फेरिएको बताउनुभएको हो । उहाले नेकपा समाजवादीले देश र जनताका लागि काम गर्न नसक्ने बताउनुभयो ।
पौडेलले प्रतिपक्षमा रहे पनि नेकपा एमाले देशकै सबैभन्दा ठूलो राजनीति दल भएकाले पार्टी छोडेर अलमलमा परेका नेताहरुलाई एमालेमै फर्कन आग्रह गर्नुभयो । उहाले एमसीसीका बारेमा सरकारको आधिकारीक धारणा आउनुपर्ने बताउनुभयो । राष्ट्रहितमा राखेर मात्रै एमालेले आवश्यक निर्णय गर्ने उहाको भनाइ छ ।
उहाँले भूमिहिन,सुकुम्बासी,व्यवस्थित बसोबासीको समस्या समाधान गर्न एमालेको सरकारले नीति र विधि बनाएर काम अगाडि सारे पनि वर्तमान सरकारले त्यसलाई खारेज गरेर गलत निर्णय गरेको जिकिर गर्नुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV