२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

वर्तमान सरकार बिदेशी शक्तिको इशारामा चलेको प्रदीप ज्ञवालीको आरोप

१८ भाद्र २०७८, शुक्रबार १८:३९

भाद्र १८, ललितपुर


नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले वर्तमान सरकार बिदेशी शक्तिको इशारामा चलेको आरोप लगाउनुभएको छ ।
शुक्रबार एमाले ललितपुर जिल्ला कमिटीले ललितपुरमा गरेको कार्यक्रममा ज्ञवालीले वर्तमान सरकारले देश र जनताका लागि नभएर बिदेशीको इशारामा काम गरेको आरोप लगाउनुभएको हो । उहाले दार्चुलामा तुईन काटेर नेपाली बेपता भएको घटनादेखि लिपुलेक कालापानीका बिषयमा सरकार मौन बसेको पनि आरोप लगाउनुभयो । ज्ञवालीले सरकारले एमाले टुक्राउनकै लागि अध्यादेश ल्याएको भन्दै एमालेलाई फुटाएको परिणाम आगामी निर्वाचनमा देखिने तर्क गर्नुभयो ।
उहाले निर्वाचनमा जनादेशको माध्यमबाट फेरि आफ्नो पार्टी सरकारमा फर्कने दावी गर्नुभयो । आगामी भाद्र २२ गते अध्यादेश निष्कृय पारेर सरकार बिस्तार गर्ने योजना देखिएको भन्दै उहाले गठबन्धनले लज्जास्पद काम गरेको बताउनुभयो । उहाले केहि एमालेका नेताहरु गलत बाटोमा गएको भन्दै एमालेमा फर्कन आह्वान गर्नुभयो ।
उहाले एमाले सरकारमा आएपछि फेरि देशलाई ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय अभियानमा साथ अघि बढाउने जिकिर गर्नुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV