२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

चुनाब पछी बजेट कार्यान्वयन : अर्थमन्त्री

१७ जेष्ठ २०७८, सोमबार १३:३७


१७ जेठ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मध्यावधि निर्वाचनपछि पनि आफूहरुले नै सरकार बनाउने र बजेट कार्यान्वयन बताएका छन् । निर्वाचन घोषणा गरेको सरकारले पूर्ण बजेट ल्याएको भन्दै आलोचना भएका बेला उनले चुनावपछि पनि नेकपा एमाले नै सरकारमा आउने र बजेट कार्यान्वयन गर्ने दाबी गरेका हुन् ।आज बजेट जसले प्रस्तुत गरेको छ, त्यसैले बजेट कार्यान्वयन गर्छ,’ आर्थिक पत्रकार समाज ९सेजन०ले आर्थिक वर्ष २०७८/७९ को बजेटका विषयमा गरेको छलफलमा अर्थमन्त्री पौडेलले भने, ‘आज पनि कार्यान्वयन गर्छ, निर्वाचनपछि पनि जनताबाट अनुमोदित भएर यो शक्ति आउँछ ।’उनले बजेटमा अहिले केवल विरोधका लागि मात्र विरोध भइरहेको भन्दै तथ्यमा रहेर विरोध गर्ने कुनै विषय नै विपक्षीसँग नरहेको दाबी गरे ।

बजेट ल्याउन हुँदैन भन्नु कोरोना नियन्त्रण गर्नु हुँदैन, निजी क्षेत्र र जनताको माग सुन्नु हुँदैन भन्नुजस्तै रहेको अर्थमन्त्री पौडेलले बताए । संविधानको प्रावधान अनुसार नै बजेट आएको र कार्यान्वयन पनि हुने उनले जिकिर गरे ।बजेट कार्यान्वयनको जिम्मा सरकारले लिन्छ, जसरी बनायो, कार्यान्वयन त्यसैगरी हुन्छ, द्विविधा नराख्नुस्,’ उनले भने । उनका अनसार सोमबार सबै मन्त्रालयका मन्त्री र सचिवसँग अर्थ मन्त्रालयले छलफल गरी बजेट कार्यान्वयनलाई तीव्रता दिने तयारी गरेको छ ।सरकारले तोकेको मध्यावधि निर्वाचनको विषयमा पनि द्विविधा नराख्न अर्थमन्त्री पौडेलले आग्रह गरे । रहरका कारण नभई परिस्थितिले चुनावमा जानुपरेको भन्दै उनले मुलुक निर्वाचनमा होमिइसकेको बताए । तर, चुनावमा जाँदैमा सरकार नियमित अभिभाराबाट अलग बस्न नमिल्ने अर्थमन्त्री पौडेलको भनाइ छ ।बजेटका कार्यक्रमले आलोचकको मुख थुनेको भन्दै उनले आलोचना गर्नेले विषयगत ढंगले गर्न नसकेको बताए । ‘कुनै पनि कुरा बेठीक भयो भनेर विषयवस्तुमा केन्द्रित रहेर बोलेको म देख्दिन, थोकमा अभिव्यक्ति आएको छ,’ उनले भने ।

Share on Social Media
  •  
  •  
  •  
  •  
Dragon Money Драгон Мани игровой ассортимент.4058 (2) ११ बैशाख २०८३, शुक्रबार ०५:१२
Dragon Money Драгон Мани безопасность и надежность.4140 (2) ११ बैशाख २०८३, शुक्रबार ०५:१०
4rabet complete guide to the online casino for players in India.1681 ११ बैशाख २०८३, शुक्रबार ०४:५८

Mega

TV

Mega Tv
Go to Mega TV