अफगानस्तानमा रहेका नेपाली तत्काल फिर्ता ल्याउन कांग्रेस नेता केसीको माग
३१ श्रावण २०७८, आईतवार ०९:२२
३१ साउन २०७८, काठमाण्डौं
नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल नेपाल फर्काउने विशेष व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
त्यहाँ युद्धरत तालिबानले आधाभन्दा बढी क्षेत्र कब्जामा लिइसकेको छ भने केन्द्रीय राजधानी काबुल पनि नियन्त्रणमा लिने अन्तिम चरणमा पुगिसकेको छ। जसले गर्दा अमेरिकालगायत विभिन्न देशले धमाधम त्यहाँबाट आफ्ना नागरिक फर्काउने प्रक्रिया थालेका छन् । यसै अवस्थामा नेता केसीले अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल नेपाल फर्काउन विशेष प्रबन्ध गर्न राज्यले ढिला गर्न नहुने बताउनुभएको छ । सामाजिक सञ्जाल मार्फ उहाँले सरकारलाई सजग बनाउनुभएको हो । नेपालीहरूलाई तत्काल नेपाल फर्कन आवश्यक सबै व्यवस्था गरिहाल्न नेपाल सरकारसँग उहाँले जोडदार माग गर्नुभएको छ । ‘२०१६ मा अफगनिस्तानको क्यानडियन एम्बेसीमा कार्यरत १४ नेपाली सुरक्षाकर्मीको हत्या भएको थियो ।

