२०८३ बैशाख १, मङ्लबार

   2026, Apr 14 Tuesday

बेलायतमा एकैदिन ९ हजार भन्दा बढी कोरोना संक्रमित

३ असार २०७८, बिहीबार १२:२४

३ असार २०७८ बिहिबार

बेलायतमा कोरोना संक्रमण दर गत फेब्रुअरी २५ यताकै सबैभन्दा उच्च कायम भएको छ ।
पछिल्लो २४ घन्टामा बेलायतमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको हो । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्याँकअनुसार हिजो ९ हजार ५५ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै बेलायतमा कुल संक्रमितको संख्या ४५ लाख ८९ हजार ८१४ पुगेको छ । कोरोना संक्रमणका कारण हुने मृत्यु दरमा भने अहिलेसम्म खासै बृद्धि भएको छैन् । पछिल्लो २४ घन्टामा ९ जना संक्रमितको मृत्यु भएको छ । बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ९२६ पुगेको छ । पछिल्लो २४ घन्टामा अस्पताल भर्ना हुनेको संख्या १७३ पुगेको छ भने हाल एक हजार १७७ जनाको अस्पतालमा उपचार भइरहेको छ । हाल २०६ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ । यसैगरी, बेलायतमा ७ करोड २४ लाख ६१ हजार भन्दा बढी डोज खोप वितरण भएको छ । पछिल्लो जानकारी अनुसार यहाँ ५७ दशमलव ८ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज लगाइसकेका छन् भने ७९ दशमलव ८ प्रतिशतले पहिलो डोज लगाइसकेका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV