यादव समूहलाई पार्टीको आधिकारिकता दिनुको कारण पेश गर्न आदेश
२१ श्रावण २०७८, बिहीबार १०:२४
२१ साउन २०७८ काठमाण्डौं
सर्वोच्च अदालतले निर्वाचन आयोगलाई जनता समाजवादी पार्टी (जसपा) का नेता उपेन्द्र यादव समूहलाई पार्टीको आधिकारिकता दिनुको कारण पेश गर्न आदेश दिएको छ ।
बुधबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले नेता यादव नेतृत्वकोे समूहलाई पार्टीको आधिकारिकता दिनुको कारण १५ दिनभित्र पेश गर्न आयोगको नाममा आदेश दिएको हो । निर्वाचन आयोगले साउन ११ गते यादव पक्षलाई पार्टीको आधिकारिकता दिएको थियो । जसपामा ठाकुर र यादवले नेतृत्व गरेको दुई समूह बीच आधिकारिताको विवाद उत्पन्न भएको थियो । सो विवाद आयोगसम्म पुगेपछि आयोगले दुवै समूहका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको सनाखत गरी बहुमत सदस्य भएको यादव पक्षलाई पार्टीको आधिकारिता प्रदान गरेको थियो ।

