२०८३ बैशाख ६, आइतवार

   2026, Apr 19 Sunday

अहिलेको संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्छ: हेमन्त वली

१ श्रावण २०७८, शुक्रबार १९:३०

१ साउन २०७८, काठमाडौं

सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि रिहा भएका नेत्रविप्लव चन्द विप्लव समूहका नेता हेमन्त प्रकाश वलीले अहिलेको संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार महाराजगंजमा आयोजित स्वागत कार्यक्रममा उहाले अहिलेको व्यवस्थाका कारण जनताको अवस्थामा कुनै सुधार नआएको भन्दै संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्ने बताउनुभएको हो । उहाले जनताको मन नजिति मुलुकमा वास्तविक जनतन्त्र नआउने बताउनुभयो । वलीले अहिलेको कम्युनिष्ट वास्तविक कम्युनिष्ट नभएको आरोप लगाउनुभयो । उहाले आफु चार बर्षपछि बाहिर आएको भएपनि जेलजिवन आफ्नो लागि नौलो नभएको बताउनुभयो ।
केहीवर्षअघि ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा विप्लव समूहले गराएको बम विष्फोटमा संलग्न भएको आरोपमा वलीलाई पक्राउ गरिएको थियो । उहा मुटुको उपचारका लागि शहिद गंगालाल हृदयकेन्द्रमा भर्ना भएका बेला सर्वोच्चले साधारण तारिकमा रिहा गर्न आदेश दिएको हो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV