बजार अनुगमन प्रभावकारी रुपमा भएको प्रमुख जिल्ला अधिकारीको दावी
२५ असार २०७८, शुक्रबार २०:१८
असार २५, २०७८ काठमाण्डौं
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधाज्ञाका क्रममा पनि बजार अनुगमन प्रभावकारी रुपमा भएको दावी गर्नुभएको छ ।
संचार केन्द्र नेपालले शुक्रबार काठमाडौंमा गरेको बजार अनुगमनको अवस्था र सुशासन बिषयक अन्तक्र्रियामा बजार अनुगमन भएको र कारवाही पनि गरिएको बताउनुभयो । उहाले बजार अनुगमनमा कसैको दवाव र प्रभाव नपरेको बताउनुभयो । स्वास्थ्य मापदण्डका साथ खोजिएका बजारमा पनि निरन्तर अनुगमन गरेको उहाले बताउनुभयो । उहाले कालाबजारी गर्नेलाई कडा कारवाही गर्ने स्पष्ट पार्नुभयो ।
त्यस्तै आपूर्ति तथा उपभोक्ता हकहित संरक्षण बिभागका महानिर्देशक प्रकाश पौडेलले सीमित स्रोत र साधनको बाबजुत पनि बिभागले निरन्तर अनुगमन गरिरहेको बताउनुभयो । चाडपर्वमा अलि बढि अनुगमन गरेको देखिएपनि बिभाग अन्य समयमा पनि सक्रिय रहेको र उपभोक्ताको अधिकार स्थापीत गर्न गम्भीर रहेको धारणा राख्नुभयो ।
राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष प्रेमलाल महर्जनले कालाबजारीलाई प्रशासनले संरक्षण गरेसम्म कालाबजारी नरोकिने बताउनुभयो ।
उहाले बजार अनुगमनको अधिकार स्थानीय तहलाई दिदा अनुगमनको प्रभाव कम हुने जिकिर गर्नुभयो ।

