२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

ओली नेतृत्वको सरकार देश बेच्न खोज्ने गुलामहरुको झुण्ड हो नेबिसंघ

२३ जेष्ठ २०७८, आईतवार ०७:५४

जेठ २३ २०७८, आइतबार


उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान विरुद्ध रहेको भन्दै नेपाल विद्यार्थी संघ ले खेद प्रकट गरेको छ ।
ने।बि।संघ महामन्त्री बलदेव तिमल्सिनाले बिज्ञप्ती जारी गर्दै संविधान कार्यान्वयन गर्ने निकायमा पुगेको र संविधान कार्यान्वयन र संरक्षकणको जिम्मेवारी गर्ने पूरा गर्नुपर्ने व्यक्तिबाटै यस प्रकारको संविधान विरोधी अभिव्यक्ति आउनु विडम्बनाको विषय भन्दै हुन त संविधान जलाउनेलाई नै असंबैधानिक तवरले संविधान र देशको रक्षक बनाएपछि त्यस्ता ब्यक्ति बाट सफत ग्रहण लगत्तै यो स्तरको अभिव्यक्ति आउनु अपेक्षाकृत नै होला र यो अभिव्यक्ति प्रधानमन्त्री केपि ओलि सङ्गको सल्लाह,मिलेमतो र योजनामा आएको बताएका छन ।
हाम्रा राज्य संचालक हरु कसका निम्ति र कस्को काम गरिरहेका छन् ,त्यो छर्लङ्ग हुँदै छ भन्दै महामन्त्री तिमल्सिना ले
हाम्रो संविधानले नै नेपाललाई ूबहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिकू मुलुक भनेको अबस्थामा ूबहूल राष्ट्रिय राज्य निर्माण गर्नेूअभिव्यक्ति अत्यन्तै संवेदनशील र विवादित रहेकोले ूदेश बेच्न खोज्ने गुलामहरुको झुण्डू असंबैधानिक भ्रष्ट सरकारको विरुद्ध खबरदारी गर्न अपिल गरेका छन।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV