२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

सरकारलाई चौतर्फी घेराबन्दीमा पार्न खोजियो:प्रदीप ज्ञवाली

१५ असार २०७८, मंगलवार १७:५९

१५ असार २०७८

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सरकारलाई अहिले चौतर्फी घेराबन्दीमा पार्न खोजिएको भन्दै यसले प्राप्त उपलव्धी गुम्न सक्ने खतरा पैदा भएको बताउनुभएको छ ।
राष्ट्रिय धान दिवसका अवसरमाा राष्ट्रिय युवा संघ नेपालले मंगलबार भक्तपुरमा आयोजना गरेको रोपाइ विशेष कार्यक्रममा ज्ञवालीले मुलुकलाई बिकासको बाटोमा अघि बढाउने काममा सरकार लागेपनि घेराबन्दी गर्दै यसलाई अवरुद्ध पार्न खोजिएको बताउनुभएको हो । उहाले यसअघि पनि पटक पटक घेराबन्दीको सामना गर्नुपरेको भन्दै अहिलेको घेराबन्दीको पनि सामना गर्ने दावी गर्नुभयो । उहाले एमाले नेतृत्वको सरकारले नेपाली किसानको पिडालाई मुक्ति दिने गरि काम गरेको धारणा राख्नुभयो । किसानको कामलाई गौरबको बिषय बनाउने हिसावले किसानलाई सामाजिक सुरक्षाको व्यवस्था पनि यहि सरकारले गरेको उहाको भनाई छ ।
त्यस्तै एमाले नेता महेश बस्नेतले नेपालमा कृषिलाई आधुनिकिकरण गर्न सक्ने युवाहरु बिदेशीन नपर्ने बताउनुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV