पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै अखिल क्रान्तिकारीद्धारा आयल नियम घेराउ
२४ असार २०७८, बिहीबार १५:०६
४ असार २०७८, काठमाण्डौं
पेट्रेलियम पदार्थको मूल्यवृद्धिको विरोधमा मोहन बैध निकट नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
बबरमहलस्थित नेपाल आयल निगमको कार्यालय बाहिर अखिल क्रान्तिकारीले मूल्यवृद्धि फिर्ता हुनुपर्ने माग सहित प्रदर्शन गरेको हो । पछिल्लो समय निषेधाज्ञाबिच निगमले धेरैपटक पेट्रोलियम पदार्थको मूल्य बढाउँदै आएको उनीहरुको आरोप छ । निषेधाज्ञाको समयमा जीविकोपार्जन ठप्प रहेको बेला मूल्यवृद्धिले जनताको जनजिवन कष्ठकर बनेको उनीहरुको भनाइृ छ । असार २२ गते मंगलबार निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको थियो ।

