कोपा अमेरिकामा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा हरायो
२० असार २०७८, आईतवार १२:२२
२० असार २०७८, काठमाण्डौं
कोपा अमेरिका फुटबलमा कोलम्बियाले जित निकालेको छ ।
प्रतियोगिता अन्र्तगत आज बिहान भएको खेलमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा पराजित गरि जित निकालेको हो ।
निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । जसमा कोलम्बिया ४–२ ले विजयी रह्यो ।
उरुग्वेका जोसे जिमिनेज र मार्टिया भिना गोल गर्न असफल रहे । एडेन्सन काभानी र लुईस स्वारेजले गोल गरेका थिए ।
डेविड ओस्पिनाले दुई महत्वपुर्ण पेनाल्टी प्रहार रोक्दै उरुग्वेलाई स्तब्ध बनाएका थिए । कोलम्बियाले फाईनल प्रवेशका लागि अर्जेन्टिना र इक्वेडरबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।
Share on Social Media

