२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

जारी युरोकपमा आज राति क्वाटरफाइनलका दुई खेल हुदै

१९ असार २०७८, शनिबार १५:३२

१९ असार २०७८, काठमाण्डौं

जारी युरोकपमा आज राति क्वाटरफाइनलका दुई खेल हुनेभएका छन् । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज राति क्वाटरफाइनलका दुई खेल हुन लागेका हुन् ।
आज राति पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क भिड्ने छन् भने दोस्रो खेलमा युक्रेन र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्ने छन् । चेक रिपब्लिक र डेनमार्कबीचको खेल अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति ९ बजेर ४५ मिनेटबाट सुरु हुनेछ । चेक रिपब्लिक र डेनमार्क दुबै टिम जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्ने लक्ष्यमा हुने छन् । दुबै टिमले पछिल्ला खेलमा सशक्त प्रदर्शन गर्दै आईरहेका छन् । चेक रिपब्लिकले प्रि–क्वाटरफाइनलमा उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराएको थियो । उसले १० खेलाडीमा सिमित नेदरल्यान्ड्समाथि २–० गोलको जित निकालेको थियो । डेनमार्कले भने प्रि–क्वाटरफाइनलमा वेल्सलाई फराकिलो अन्तरले हराएको थियो । १० खेलाडीमा सिमित वेल्सलाई ४–० गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम आठको यात्रा तय गरेको हो । युरोपियन च्याम्पियनसिपमा चेक रिपब्लिक र डेनमार्क तेस्रो पटक भिड्न लागेका हुन् । यस अघिको दुई भेटमा चेक रिपब्लिकले जितेको थियो । इंग्ल्यान्ड र युक्रेनबीचको अन्तिम क्वाटरफाइनल खेल इटालीको रोममा हुनेछ । स्टाडियो ओलम्पिकोमा हुने खेल राति १२ बजेर ४५ मिनेटबाट सुरु हुनेछ । इंग्ल्यान्ड र युक्रेन दुबै टिम सेमिफाइनलमा पुग्ने योजनामा हुनेछन् । इंग्ल्यान्ड उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । इंग्ल्यान्डले प्रि–क्वाटरफाइनलमा तीन पटकको च्याम्पियन जर्मनीलाई २–० गोल अन्तरले पराजित गरेको थियो । युक्रेनले भने स्विडेनलाई पराजित गर्दै इंग्ल्यान्डसँगको भेट पक्का गरेको हो । युक्रेनले स्विडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गरेको थियो । इंग्ल्यान्ड र युक्रेनबिच हालसम्म ७ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्डले ४ जित र २ बराबरी खेल्दा एक हार व्यहोरेको छ । दुई टिमबीच मुख्य प्रतियोगितामा पछिल्लो पटक २०१२ को युरोकपमा प्रतिस्पर्धा भएको थियो । त्यस खेलमा वायन रुनीको निर्णायक गोलले इंग्ल्यान्ड विजयी भएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV