२०७८ अशोज ६, बुधबार

   2021, Sep 22 Wednesday

गण्डकी प्रदेश सरकारले पायो बिश्वासको मत

४ असार २०७८, शुक्रबार २१:५८

४ असार २०७८ शुत्रबार

अन्नत मनाङका स्वतन्त्र सांसद दीपक मनाङको निर्णायक मतले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाउनु भएको छ ।
पृथ्वीसब्बा गुरुङले विश्वासको मत गुमाएपछि ३१ जना बहुमत सांसदको हस्ताक्षर सहित पोखरेल जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । मुख्यमन्त्रीमा नियुक्तीको दावी पेश गर्दा पनि मनाङेले प्रदेश प्रमूखको कार्यालयमा पुगेर समर्थन जनाउनु भएको थियो । मुख्यमन्त्रीमा नियुक्ती भएको एक हप्तामै पोखरेलले प्रदेशसभामा बिश्वासको मत लिनु भएको हो । प्रदेशसभामा सभामुख सहित ५९ जना सांसद सहभागी थिए । पृथ्वीसुब्बा गुरुङले राखेको विश्वासको मत लिने प्रस्तावको विपक्षमा परेको मत मुख्यमन्त्री पोखरेलले पाउनु भएको छ । पोखरेलको प्रस्तावको पक्षमा ३१ मत परेको छ भने विपक्षमा २७ मत परेको छ । सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत प्राप्त गर्नुभएको घोषणा गर्नुभयो ।
मुख्यमन्त्री नियुक्त भएका पोखरेलले १ महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था अनुसार मत माग्नुभएको हो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV