२०८३ जेष्ठ १६, शनिबार

   2026, May 30 Saturday

तामाकोशी जलविद्युत् आयोजनाले असार मसान्तभित्रै १ सय ५२ मेगावाट विद्युत् उत्पादन गर्ने

१३ असार २०७८, आईतवार १५:१९

१३ असार काठमाण्डौं

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले यही असार मसान्तभित्रै १ सय ५२ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यस आयोजनाले आयोजनाका दुवै युनिटबाट असार मसान्तभित्रै १ सय ५२ मेगावाट विद्युत् उत्पादन गर्न लागेको हो । आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार यसकालागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । पहिलो चरणमा पहिलो युनिटको परीक्षण सम्पन्न भइसकेको बताउँदै उहाँले हाल दोस्रो युनिटको पनि परीक्षणको काम भइरहेको जानकारी दिनुभयो । दोस्रो युनिटको समेत काम सम्पन्न गरे पश्चात राष्ट्रिय प्रणालीमा बिजुली जोड्न लागिएको छ । कूल ४ सय ५६ मेगावाट क्षमताको सो आयोजना निर्माण शुरु भएको झण्डै १० वर्षपछि सम्पन्न हुन लागेको हो । योजनाबाट उत्पादित विजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि यही आजदेखि १९ गतेसम्म आवश्यक तयारी गर्न लागिएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV