२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

व्यक्तिगत हितको काममा आफुलाई भेट्न नआउन गृहमन्त्रीको निर्देशन

११ असार २०७८, शुक्रबार २१:४३

११ असार काठमाण्डौं

गृहमन्त्री बिष्णु पौडेलले जिम्मेवारीपूर्वक नतिजामुखी काम गर्न निर्देशन दिनुभएको छ ।
शुक्रबार मन्त्रालय पुगेर कार्यभार सम्हाल्दै गृहमन्त्री पौडेलले सुरक्षा निकायका प्रमुखलाई जिम्मेवारीपूर्वक नतिजामुखी काम गर्न निर्देशन दिनुभएको हो । उहाले मातहतका कार्यालयको काममा आफुले हस्तक्षेप नगर्ने तर आफुलाई नतिजा चाहिने जिकिर गर्नुभयो । मन्त्री पौडेलले व्यक्तिगत हितको काममा आफुलाई भेट्न नआउन निर्देशन दिनुभयो । गृहमन्त्री पौडेलले मनसुनको अवस्थामा हुन सक्ने प्राकृतिक प्रकोपपछिको उद्धारको काममा तयारी अवस्थामा जुट्न निर्देेशन दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारीमा हेरफेर गर्दै उपप्रधानमन्त्री समेत रहेका पौडेललाई गृहसहित अर्थ मन्त्रालय, गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति र जलस्रोत तथा सिंचाई गरि ५ मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो । 

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV