विपि स्टडी युथ सर्कल द्धारा भोका नागरीकलाई खाना वितरण अभियान जारी
८ असार २०७८, मंगलवार २२:२०
८ असार, काठमाडौं
विपि स्टडी युथ सर्कल बाग्मती प्रदेश र नुवाकोट कार्य समितिले माछापोखरीमा सरकारद्वारा लागू गरिएको निषेधाज्ञाका कारण रोजगारी गुमाएका र असहाय भोका नागरीकलाई खाना वितरण गरेको छ ।
कुनै पनि मानिस रोगले मर्न नपरोस र कुनै पनि मानीस भोकै बस्न नपरोस भन्ने उदेश्यले विपि स्टडी युथ सर्कलले निरन्तर १८ दिनदेखी करिब ९ हजार भन्दा बढी नागरीकलाई खाना वितरण गरेको आयोजक विपी स्टडी युथ सर्कलले बताएको छ ।
Share on Social Media

