आगामी हप्ता सुरु हुनेटी–ट्वान्टी ब्लास्टमा सहभागी हुन नपाउने
२३ जेष्ठ २०७८, आईतवार १४:०९
२३ जेष्ठ २०७८, आइतबार
नेपाली लेगस्पिनर सन्दीप लामिछानेले इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गरेको टी–ट्वान्टी ब्लास्ट गुमाउने भएका छन् ।आगामी हप्ता सुरु हुनेटी–ट्वान्टी ब्लास्टमा सन्दीपले पहिलो पटक वोर्सेस्टरशायरबाट खेल्ने तयारी गरेका थिए । तर नेपालमा कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय उडानमा रोक र भिषा आउन भएको ढिलाइले टी–ट्वान्टी ब्लास्टमा सहभागी हुन नपाउने निश्चित जस्तै भएको हो । टी–ट्वान्टी ब्लास्ट जुन ९ देखि सेप्टेम्बर १८ सम्म चल्ने कार्यक्रम छ ।
Share on Social Media

