२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

चुनावी निर्देशिक उल्लंघन गरेको अभियोगमा भारतीय नेता २ प्रतिबन्ध

३ बैशाख २०७६, मंगलवार १३:५३

३ बैशाख- चुनावी निर्देशिक उल्लंघन गरेको अभियोगमा भारतको निर्वाचन आयोगले त्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र दलित नेता मायावतीलाई   केही समयका लागि चुनाव प्रचारप्रसारमा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाएको छ।

सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी)का वरिष्ठ नेता आदित्यनाथमाथि स्थानीय समयअनुसार आज बिहान ६ बजेदेखि लागँ हुने गरी भाषण दिन, कुनै सार्वजनिक जमघट वा ¥यालीमा भाग लिन र सञ्चारमाध्यमसँग बोल्न नपाउने गरी प्रतिबन्ध लागाइएको छ।

यस्तै प्रतिबन्ध क्षेत्रीय बहुजन समाज पार्टी (बीएसपी)का अध्यक्ष मायावतीमाथि पनि लगाइएको छ। तर, मायावतीमाथि भने ४८ घन्टे प्रतिबन्ध मात्र तोकिएको छ। मुस्लिम समुदायलाई भाजपालाई मत नदिन र आफ्नो पार्टी र गठबन्धनलाई मत दिन आ≈वान गर्दै हिँडेकीले मायावतीमाथि यो बन्देज लगाइएको निर्वाचन आयोगले जनाएको छ।

त्यसै गरी आदित्यनाथले ११ अप्रिलमा समपन्न पहिलो चरणको चुनावका लागि आयोजना गरिएको ¥यालीमा मुस्लिम समुदायमाथि गालीगलौज गरेको आरोप लगाइएको हो।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV