२०८३ बैशाख ६, आइतवार

   2026, Apr 19 Sunday

कोरोना भाइरसको कारण चीनबाट नेपाल फर्कन चाहने नेपालीहरुलाई नागार्जुनको अपार्टमेन्टमा राख्ने सरकारको तयारी

२१ माघ २०७६, मंगलवार ११:०४

काठमाडौँ । सरकारले चीनबाट नेपाल फर्कन चाहने नेपालीहरुको उद्धार गरेर ल्याउने नागरिकहरुलाई काठमाडौँको नागार्जुन नगरपालिका इचंगुनारायणस्थित अपार्टमेन्टमा राख्ने तयारी गरेको छ। चीनबाट आउने नागरिकहरु राखेर कोरोना भाइरस भएको या नभएको भन्ने जानकारी यकिन गर्नको लागि उक्त अपार्टमेन्टमा राख्न लागिएको हो । नेपाल फर्कन चाहने नागरिकहरुको फर्म बेइजिङस्थित नेपाली राजदूतावासले संकलन गरिसकेको छ । उनीहरुलाई अपार्टमेन्टमा सुरक्षित अवस्थामा राख्ने व्यवस्था मिलाउन सरकारले नेपाली सेनालाई जिम्मेवारी दिन लागिएको बताइएको छ । चीनमा मात्रै कोरोनाभाइरसको कारण ३६० जनाको ज्यान गइसकेको अवस्थामा सरकारले नेपाली नागरिकहरुको उद्धार गर्न लागेको हो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV