१६ वर्षीया ग्रेटाले उल्टै ट्रम्पको मजाक उडाइन
२७ मंसिर २०७६, शुक्रबार १५:०४
टाइम म्यागेजिनले ग्रेटा थनबर्गलाई टाइम वर्ष व्यक्ति बनाएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले बिहिबार बिहान ट्वीट गर्दै ट्रम्पले भनेका थिए,’शान्त होऊ ग्रेटा शान्त । राष्ट्रपति ट्रम्पले थनबर्गलाइ धेरै नरिसाउनु भन्दै जिस्काएका थिए । ट्रम्पले ग्रेटालाई रिस व्यवस्थापनको काम गर्न आग्रह गरेका थिए । त्यसपछि साथीसँग बसेर राम्रा पूरानो सिनेमा हेर्न सुझाव ट्वीट मार्पmत दिएका थिए । १६ वर्षीया ग्रेटाले आफुलाई ट्रम्पले जिस्काएपछि उल्टै ट्रम्पको मजाक उडाएकी छिन् । उनले ट्रम्पको सुझावलाई आफ्नो ट्वीटर प्रोफाइलमार्फत जवाफ फर्काएकी हुन् । ’एक किशोरी आफ्नो रिस व्यवस्थापनको समस्यालाई वशमा ल्याउन कोशिश गरिरहेकी छे’, उनले लेखेकी छन्’अहिले साथीसँगै बसेर राम्रो पूरानो सिनेमा हेर्दैछे । ट्रम्पले वर्ष व्यक्ति भएको भोलिपल्टै १६ वर्षीय ग्रेटाको विषयमा उपहासपूर्ण ट्विट गरेका हुन् ।

