२६ किलो लागूऔषध चरेससहित पक्राउ
१२ मंसिर २०७६, बिहीबार १३:३६
प्युठानको गौमुखी गाउँपालिका ३ रजवाराका ३३ वर्षीय बालाराम पुन २६ किलो लागूऔषध चरेससहित पक्राउ परेका छन् । गुल्मीको मदाने गाउँपालिका वडानम्बर–१ अग्लुङ फेदीबाट पुनलाई नियन्त्रणमा लिएको गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताएका छन् । प्युठानबाट गुल्मी तर्फ ल्याउँदै गरेको अवस्थामा सुराकीको आधारमा उनलाई नियन्त्रणमा लिईएको हो । पक्राउ परेका पुनलाई लागूऔषध ओसारपोसार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको घलेले बताएका छन् ।
Share on Social Media

