हरिशंकर मन्दिर बिहीबारदेखि सर्वसाधारणको लागि खुला
१६ आश्विन २०७६, बिहीबार १८:१९
ललितपुरको सम्पदा क्षेत्रमा रहेको हरिशंकर मन्दिर बिहीबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ ।२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको उक्त मन्दिर पुनर्निर्माण सम्पन्न गरी सर्वसाधारणको लागि खुला गरिएको हो ।हरिशंकर मन्दिर सर्वसाधारणको लागि खुला मन्दिरको उद्घाट्न गर्दै पर्यटन मन्त्री योगेश भट्टराईले मन्दिर पुनर्निर्माणमा खटिएका कालिगढहरुलाई पुरस्कृत गरिने बताए ।कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले हरिशकर मन्दिरमा देखिने र नदेखिने सँस्कृती लुकेर बसेको छ भन्दै यस मन्दिरको मूर्ति निर्माणको कथा सुनाए पुरातात्विक महत्वको यस मन्दिरलाई पुरानै कला कौशलसहित निर्माण गरिएको हो ।
Share on Social Media

