सुनको भाउ बढ्दै
२८ कार्तिक २०७६, बिहीबार १२:०३
बिहीबार छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेर ७२ हजार रुपैयाँ पुगेको छ । बुधबार पनि छापावाला सुनको भाउ २ सय रुपैयाँले बढेर ७१ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । यस्तै, तेजाबी सुन पनि प्रतितोला ६ सय रुपैयाँ नै बढेर ७१ हजार ७ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधबार तेजाबी सुन प्रतितोला ७१ हजार १ सय रुपैयाँ थियो । चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँ बढेर ८ सय ६० रुपैयाँमा आइपुगेको छ ।
Share on Social Media
उपत्यकामा प्रशासन कार्यालयले खाद्य सामग्री खरिदका लागि वैकल्पिक व्यवस्था
१३ जेष्ठ २०७८, बिहीबार १४:३९

