२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

नेपाली राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षण सुरु

१ असार २०७८, मंगलवार २२:१८

१ असार, २०७८ मंगलबार

नेपाली राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षण मंगलबारबाट सुरु भएको छ ।
फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली टिमले मंगलबारबाट त्रिपुरेश्वरस्थीत कवर्ड हलमा बन्द प्रशिक्षण सुरु गरेको हो । एसियन च्याम्पियनसिप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुनेछ ।
नेपाल भलिबल संघ (एनभीए) ले टिमको बन्द प्रशिक्षण कोरोना महामारीलाई मध्येनजर गर्दै सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर सुरु गरिएको जनाएको छ । यस अघि जेठ २१ गतेबाट सुरु गर्ने भनिएको प्रशिक्षण निषेधाज्ञाका कारण सबै खेलाडी काठमाडौं आईनपुग्दा संघले प्रशिक्षण केहि समयका लागि स्थगित गरेको थियो । संघले चैतमा सम्पन्न पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने ३० खेलाडीलाई प्रशिक्षणमा समावेश गरेको छ । राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाहीले बन्द प्रशिक्षणबाट राम्रो टिम बन्ने विश्वास व्यक्त गर्नुभयो । डेड महिनाको रेष्टपछि प्रशिक्षण सुरु भएको र आफुहरु उत्कृष्ट प्रदर्शनका लागि थप मेहनत गर्ने बताउनुभयो ।
त्यस्तै खेलाडी प्रतिभा मालीले एसियन सिनियर महिला खेल्न उत्साहित रहेको बताउनुभयो ।
बन्द प्रशिक्षणका लागि संघका उपाध्यक्ष निरोज मास्केसहित नेपाली टिमका प्रशिक्षक जगदिश भट्ट र प्रज्वल बहादुर सिंहको छनोट समितिले ३० खेलाडी छनोट गरेको हो । जसमा पाँच बैकल्पिक खेलाडी समेत राखिएको छ । संघले टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी भट्ट तथा र ट्रेनरको जिम्मेवारी अन्जु श्रेष्ठलाई दिएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV