सन् २०२१ का लागि डीभी खुल्ला
१५ आश्विन २०७६, बुधबार १४:४१
सन् २०२१ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी) बुधबार मध्याह्न १२ बजेदेखि अनलाइन आवेदन खुलेको छ । डीभीका लागि ५ नोभेम्बर २०१९ मध्याह्न १२ बजेसम्म अनलाइन आवेदन भर्न सकिनेछ ।
यस वर्ष आवेदन फारम भर्दा पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल ठेगाना अनिवार्य रुपमा उल्लेख गरेको हुनुपर्नेछ । एक व्यक्तिले एकपटक मात्र आवेदन दिन सक्नेछ । डीभीको आवेदन फारम भर्न कुनै शुल्क लाग्दैन । यो वर्ष संसारभरीबाट करिब ५५ हजारले डीभी चिट्ठा प्राप्त गर्ने अमेरिकी अधिकारीले बताएका छन् ।भारत, पाकिस्तान, बंगलादेशसहित १७ देशका नागरिकहरुले भने डीभीको फारम भर्न पाउने छैनन् ।
Share on Social Media

