२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

शनिबार थप दुई हजार ७५ जनामा कोरोना पुष्टि

५ भाद्र २०७८, शनिबार १९:०६


काठमाडौँ, ५ भदौ


नेपालमा शनिबार थप दुई हजार ७५ जनामा कोरोना पुष्टि भएको छ ।
देशभर गरिएको ७ हजार ७ सय ३ पिसिआर परिक्षणका क्रममा १ हजार ४ सय २४ र ५ हजार ३ सय ७२ एन्टीजेन परिक्षणका क्रममा ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार ७२२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ४ सय ८५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप २ हजार ३ सय ८२ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ९५ हजार ९२५ जना निको भएका छन् । हाल नेपालमा ३९ हजार ३२१ सक्रिय संक्रमित आइशोलेशन र ४२३ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३८ लाख २१ हजार २४८ वटा पिसिआर र ४ लाख २९ हजार ४८२ वटा एन्टीजेन परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV