विराटनगरमा हेलिप्याडसहितको अत्याधुनिक सभाहल निर्माण हुने
५ कार्तिक २०७६, मंगलवार १२:५६
८० करोडको लागतमा १७ सय क्षमताको चार तल्ले सभाहल विराटनगरको बैजनाथपुरमा अढाइ विघा क्षेत्रफलमा निर्माण हुनेछ ।सभाहल निर्माणका लागि आवश्य बजेट विनियोजन भइ बहुवर्षीय आयोजनाको स्वीकृतिको चरणमा रहेको छ । यही आर्थिक वर्षदेखि नै सभा हल निर्माणको कामले गति पाउनेछ । भवनमा १५ सय क्षमताको ठूलो एउटा सभाहल हुनेछ, । त्यसैगरी एक एक सय क्षमताका दुई वटा सभाहल रहनेछन् । हेलिप्याटसहितको हुने सभाहलमा अन्डरग्राउण्डमा एकै पल्ट साढे २ सय कार पार्किङ्ग गर्न मिल्नेछ भने ५ सय बढी मोटरसाइकल पार्किङ्गको क्षमता रहनेछ ।
Share on Social Media

