विदेश जानुअघि श्रमिकले मानसिक स्वास्थ्य परीक्षण गर्नुपर्ने
८ पुष २०७६, मंगलवार १४:२४
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई राष्ट्रिय मानव अधिकार आयोगले अनिवार्य मानसिक स्वाथ्य परीक्षण गरेर मात्र विदेश पठाउन सरकारलाई सुझाव दिएको छ । मानसिक स्वास्थ्य परीक्षण नहुँदा रोजगारीमा जाने श्रमिकहरु मानसिक रोगबाट ग्रस्त हुनेगरेको आयोगले जनाएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको हकमा मानसिक स्वास्थ्य गम्भीर विषय भएको आयोगका सदस्य सुदिप पाठकले बताएका छन् । रोजगारीका लागि विदेशीने श्रमिकलाई विदेश जानुअघि नै स्वास्थ्य परीक्षण गर्नुपर्ने पाठकको भनाइ छ ।
Share on Social Media

