२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

वाणिज्य बैंकले नयाँ बैंकिंग प्रोडक्टका रुपमा क्रेडिट कार्ड सेवाको शुभारम्भ

२७ श्रावण २०७८, बुधबार ०८:१९

२७ साउन २०७८ काठमाण्डौं

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो नयाँ बैंकिंग प्रोडक्टका रुपमा क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ ।
मंगलबार बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दीपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेका हुन् । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले क्रेडिट कार्डको शुभारम्भपछि पूर्ण डिजिटल बैंकिङतर्फ बैंक अगाडि बढेको बताए । उनका अनुसार नेपाल, भारत र भूटानमा प्रवाह हुँदै आएको सो सेवा अब बैंकका सबै शाखा कार्यालयबाट माग गर्न सकिनेछ । बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले ग्राहकको क्षमताका आधारमा बैंकले रु २० हजारदेखि पाँच लाखसम्मको क्रेडिट लिमिट ग्राहकलाई दिन सकिने जानकारी दिए । लोहनीले,क्रेडिट कार्डबाट ग्राहकले दैनिक रकम भुक्तानी, अनलाइन सपिङ, तोकिएको सीमाभित्र रहेर नगद झिक्न सक्ने बताएका । बैंकले हाल ७७ जिल्लामा रहेका आफ्ना २४७ शाखा कार्यालय, २०९ एटिएम र ९८ शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रवाह गर्दै आएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV