लोकतान्त्रिक पद्धतीलाई बलियो बनाउन संविधानको सफल कार्यान्वयन गर्नुपर्ने :माधव कुमार नेपाल
२३ श्रावण २०७८, शनिबार १९:३६
२३ साउन २०७८,काठमाण्डौं
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले बहुदलिय लोकतान्त्रिक पद्धतीलाई बलियो बनाउनका लागि संविधानको सफल कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
शनिबार ललितपुर महनगरपालिका २ नंवर वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै नेता नेपालले राज्यको बिभिन्न निकायकोबीचमा अधिकार र कतव्र्यको सन्तुलन कायम गरेर संघीय व्यवस्थालाई बलियो बनाउनुपर्ने र संविधानको सफल कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो ।
गणतन्त्र र संघीयतालाई संस्थागत गर्न र कानूनी शासनको प्रत्याभूति गर्नका लाग संविधान निर्माण भएको भन्दै संविधानको रक्षा गर्नु सवैको कर्तव्य भएको उहाले बताउनुभयो । देशमा जनता सुखी र मलुक समृद्धि होस भन्ने सवैको चाहना रहेको उहाको भनाई छ ।
नेता नेपालले संघीय, प्रदेशीक र स्थानीय तहको संरचनाले सिंहदरबारमा केन्द्रीत सेवा सुविधा नागरिकको घर घरमा पुराएकाले सवै जनताले यसको महशुस गर्ने गरि सवै तहले काम गर्नुपर्ने जिकिर गर्नुभयो े। त्यस्तै ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगर सार्वजनिक, प्रति र ऐलानी जग्गामा कुनै संरचना बनाउन नदिने नीति नै पारित गरेको बताउनुभयो । उहाले शंकमुलमा बिधुतिय शवदाह निर्माण गर्ने काम सुरु गरिसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा वडा कार्यालयको भवन निर्माण गर्नका लागि सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।

