२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

राहतको पर्खाइमा सिन्धुपाल्चोकको मेलम्चीका बाढी पीडित

७ असार २०७८, सोमबार १५:३३

७ असार २०७८, सोमबार

सिन्धुपाल्चोकको मेलम्चीका बाढी पीडित स्थानीय यतिवेला राहतको पर्खाइमा छन् । केही मनकारीहरुले सकेको राहत वितरण गरेपनि सरकारी निकायबाट केही सहयोग नपाएको पीडितले गुनासो गरेका छन् । असार १ गते राती मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची बजार बगरमा परिणत भएको छ । घरबार विहिन भएका बाढी पीडित दिन कटाउन भन्दा रातमा बासको चिन्तामा छन् । खाने अन्न सहितका सामग्री बाढीले बगाएपछि भोकभोकै मरिएला भन्ने थप चिन्तामा छन् उनीहरु । उनीहरुलाई राहत वितरण गर्न काठमाडौंको कपन निर्माण व्यवसायी मेलम्ची पुगेका छन् ।
उनीहरु लत्ता कपडा खाद्यान्न सँगै मुख्य रुपमा बासको व्यवस्था गर्नुपर्ने बताउँछन् । मेलम्ची जन्मघर भएर काठमाडौंको कपन बस्दै आएकाहरु पनि राहत सामग्री लिएर पुगेका छन् । सहयोगी हातहरु पीडितको घर निर्माणमा सहयोग पुर्याउने बताउँछन् ।
विपत्ती बाजा बजाएर आउँदैन । त्यस्तै विपत्ती आयो मेलम्चीमा । काठमाडौंबाट नजिकै रहेको मेलम्चीलाई सरकारले स्मार्ट सिटीको अबधारणा ल्याएर विकास गर्न पर्ने पीडितको माग छ । राहतको आशामा रहेकालाई राहत वितरण गर्न पुगेकाहरु सरकारले हेर्नु पर्ने बताउँछन् ।
मेलम्चीका बाढीपीडित यतिवेला मानसिक तनावमा पनि छन् । उनीहरु दुई प्याकेट चाहउचाउको होइन, पुर्नस्थापनाको माग गरिरहेका छन् । पीडितहरु राज्यको काम गर्ने शैलीप्रति आक्रोसित समेत भएका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV