वायुसेवा निगमलाई नीजिकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने चेतावनी
२३ असार २०७८, बुधबार १९:३६
२३ असार २०७८, काठमाण्डौ
नेपाल वायुसेवा निगमका कर्मचारीहरूले निगमलाई नीजिकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने स्पष्ट पारेका छन् ।
बुधबार काठमााडैंमा पत्रकार सम्मेलन गर्दै निगमका तीनवटा कर्मचारी संगठनले निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आफूहरूको आन्दोलन जारी स्पष्ट पारेका छन् ।
उनीहरुले निगमलाई धरासयी बनाएको भन्दै महाप्रवन्धक डिम प्रकाश पौडेलको राजीनामा समेत माग गरेका छन् । ट्रेड युनियनहरूले शान्तिपूर्ण आन्दोलन गर्दा पनि कर्मचारीहरूमाथि बर्बरतापूर्ण ढंगले लाठी चार्ज गरी कर्मचारीहरूलाई घाइते बनाएको आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा नेपाल वायुसेवा निगम कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले कर्मचारीलाई प्रहरी लगाएर कार्यालयबाट निकालिएको बताउनुभयो । केहि बर्षसम्म नाफामा चलिरहेको निगमलाई घाटामा लैजाने काम व्यवस्थापनमा रहेका व्यक्तिहरुले गरेको उहाको भनाई छ । उहाले निगमका उच्च पदमा रहेका कर्मचारीले नीजि एयरलाइन्ससंग मिलोमतो गरेको र निगमलाई धरासायी बनाएको बताउनुभयो ।
त्यस्तै नेपाल वायु सेवा निगम कर्मचारी संघका अध्यक्ष मान बहादुर कुँवरले निगमको घाटालाई न्युनिकरण गर्ने योजना निगम व्यवस्थापनसंग नभएको जिकिर गर्नुभयो ।
उनीहरुले निगमको सम्पतिको कम मूल्यांकन गरेको, सम्बन्धित मन्त्रालय तथा आम कर्मचारीलाई छल्दै निगम बेच्ने रणनीति बनाएको तथा गलत उद्देश्य राखी सीमित व्यक्तिको माग पूरा गर्ने राष्ट्रघाती कदम चालिएको आरोप पनि लगाएका छन् ।

