यात्रु ठग्ने सबारीहरु धमाधम कारबाहिमा
३० बैशाख २०७८, बिहीबार ११:३६
बैशाख ३० काठमाडौँ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले तिब्र पारेको छड्के चेकजाँच तथा
अनुगमन टोलीले यात्रुसँग बढि भाडा लिई ठगी गर्ने तिन जनालाई पक्राउ गरेको छ
।
उपत्यकामा जारी भएको निषेधाज्ञा पश्चात बैदेशीक रोजगारबाट आई घर
फर्किने र अत्याबश्यक परि उपत्यका बाहिरका जिल्लाहरु जान चाहने यात्रुहरुसँग
तोकेको भन्दा तीन गुणा बढि भाडा लिने काउण्टरका कर्मचारीलाई गौशाला र
कोटेश्चरबाट नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले
बताउनुभयो ।
महामारीको अबस्थामा यात्रुहरु ठगीन सक्ने कुरालाई मध्यनजर गरि बिशेष
टोली परिचालन गरेका छौ, टोलीले त्यस्ता स्थानहरुमा गइ कहिले आफै यात्रु बनेर
भाडा मोलमोलाई गर्ने त कहिले यात्रुहरुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढि
भाडा लिएको पाइए निग्रानीमा राखि नियन्त्रणमा लिने गरेको उहाँले जानकारी
दिनुभयो ।
कोटेश्वरबाट धनुषा मिथिलाका ४३ बर्षिय कृष्ण देवकोटा, झापा गौरदहका
४२ बर्षिय खड्ग बहादुर भण्डारी र गौशालाबाट दोलखा सिंगटी घर भई भक्तपुर
बस्ने बर्ष ३४ को राम सुरेल पक्राउ गरेको महाशाखाले पुष्टी गरेको छ ।
काठमाण्डौं देखि पुर्व झापा मोरङ्ग जाने यात्रुहरुसँग जनही तीन हजार देखी
पैतालिस सयसम्म भाडा लिने ईन्द्रेणी हाईसको काउण्टर र प्रदेश३(०१(००६ख
१४३१ नम्बरको भाडा बसका कर्मचारीलाई पक्राउ गरेको हो । पक्राउ परेका
सुरेललाई बृत्त गौशाला र अन्य दुई जनालाई आबश्यक कारबाहीको लागी प्रहरी
प्रभाग कोटेश्वरमा बुझाएको छ ।
यसरी महामारीमा सार्वजनिक सवारी संचालनमा पुर्ण रोक लगाएको भएता
पनि बिभिन्न समस्यामा परेका र बिदेशबाट आएकाहरुलाई लग्ने बहानामा बढि
भाडा लिई ठगी गर्ने ६ जनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागी हिजो
प्रहरी प्रभाग गंगबु र कलंकीमा बुझाएको समेत महाशाखाले जनाएको छ ।
बढि भाडा लिएमा वा सार्बजनिक यातायात सम्बन्धी कुनै गुनासो भएमा
प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत
महाशाखाले अनुरोध गरेको छ ।

