मोहन बस्नेतद्धारा आइशोलेशनमा आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण
१६ जेष्ठ २०७८, आईतवार १९:२८
२०७८ जेष्ठ १६, आइतबार
काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरि नगरपालीकाभित्र आइशोलेशन सेन्टर थपिदैं गएका छन् ।
नगरभित्र संक्रमितको संख्या बढ्दै गएको अवस्थामा चन्द्रागिरी नगरपालीका वडा नंवर १२ मा बलम्बु अस्थायी आइशोलेशन र वडा नंवर ३ मा रहेको थानकोट प्राथमिक अस्पतालले छुट्टै आइशोलेशन सेन्टर सञ्चालनमा आएको छ । स्थानिय नागरिकको पहलमा सञ्चालमा आएको आइशोलशेनमा अक्सिजनसहित निशुल्क स्वास्थ्य सेवा प्रदान हुने बताइएको छ । आइशोलेशन सञ्चालनका लागि नागरिकस्तर, नगरपालीका लगाएतले सहयोग गरेको छ । यसै क्रममा कांग्रेसका नेता मोहन बस्नेतले आइतबार उक्त आइशालेशनको निरिक्षण गर्दै आवश्यक स्वास्थ्य सामाग्री प्रदान गर्नुभयो । उहाले चन्द्रागिरीमा तयार गरिएको आइशोलेशन जस्तै अन्य जिल्लामा पनि नागरिकको पहलबाट आइशोलेशन निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।
चन्द्रागिरी नगरले दिनानुदिन कोरोना सङ्क्रमित बढेपछि चिकित्सक, नर्स र स्वास्थ्यकर्मीसहितको आइसोलेशन केन्द्र पनि यसअघि नै सञ्चालनमा ल्याइसकेको छ ।


