२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

मेलम्ची खानेपानी आयोजनामा पुगेको क्षतिको दीर्घकालिन समाधान गर्न सरकारलाई निर्देशन

१८ श्रावण २०७८, सोमबार १८:४६


साउन १८ २०७८ काडमाण्डौं


प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले बाढिका कारण मेलम्ची खानेपानी आयोजनामा पुगेको क्षतिको अध्ययन गर्दै दीर्घकालिन समाधान गर्न सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले आयोजनामा भएको क्षतिको अध्ययन गर्न विज्ञ टोली बनाएर त्यसको दीर्घकालीन समाधान निकाल्न सरकारलाई निर्देशन दिएको हो । त्यस्तै बैठकले आयोजनामा भएको क्षतिपछिको पुनर्निर्माणका लागि अन्तरमन्त्रालय समन्वय गर्न र त्यसका लागि आवश्यक बजेटको सुनिश्चितता गर्न पनि सरकारलाई निर्देशन दिएको छ । त्यस्तै याँङ्ग्री र लार्के खोलाको पानी मेलम्चीमा ल्याउनुअघि गर्नुअघि त्यस क्षेत्रको जियोलोजिकल र हाइड्रोलोजिकल अवस्थामा विस्तृत अध्ययन गरेर रिपोर्टको आधारमा मात्र दोस्रो चरणको काम अघि बढाउन समितिले सुझाव दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिनुभयो । त्यस्तै बैठकले मेलम्ची र हेलम्बु क्षेत्रका बाढी पहिरो पीडितहरुको उचित व्यवस्थापन, राहत र पुनस्र्थापना गर्न पनि सकारलाई निर्देशन दिएको सभापति खड्काले बताउनुभयो ।
बैठकमा खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले आयोजनाको मुहान क्षेत्र बाढीले बगाएर ल्याएको ढुंगा, माटो र बालुवाले पुरेकाले आयोजना अनिश्चित भएको बताउनुभयो । आयोजनालाई पुन सुरु गर्नका लागि अध्ययनको तयारी भएपछि तत्काल आयोजना सुरु हुन नसक्ने उहाको भनाई छ । उहाले पटक पटकको बाढिले मुहान क्षेत्रको अवस्था मर्मत नै गर्न नसक्ने अवस्थामा पुगेको धारणा राख्नुभयो ।
त्यस्तै मेलम्ची आयोजनाका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले बाढिका कारण अरवौ बराबरको क्षती भएको भन्दै संरचनाहरुमा भएको क्षति र अनुमानित लागत विवरण आउन केहि दिन लाग्ने बताउनुभयो । प्राविधिक निरिक्षणको लागि सुरुङको मुख्य गेट बन्द गरिएकोले मुख्य टनेलमा भने धेरै क्षति भएको नदेखिएको उहाको भनाई छ ।
बैठकमा समिति सदस्यहरुले आयोजनाको अवस्थाका बारेमा छिटो अध्ययन गरेर आयोजनालाई सुचारु गर्नुपर्ने तथा पुनःनिर्माणका लागि तत्काल पहल गर्नुपर्ने धारणा राखेका थिए ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV