मिस ग्रान्ड नेपाल २०२१ को छनोट चरण सम्पन्न
१७ आश्विन २०७८, आईतवार १८:४८
असोज १६ , काठमाडौं।
नयाँ संस्करणका लागि मिस ग्रान्ड नेपालले छनोट गरेको छ। आर.के. इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपाल मार्फत बर्सेनि देशको प्रतिनिधित्व गराउँदै मिस टुरिजम इन्टरनेसनल ,मिस फेस अफ बिउटी इन्टरनेसनल, मिस स्कुवा इन्टरनेसनल , मिस लण्डस्केप इन्टरनेसनल मिस मल्टीनेसनल र प्रतिस्पर्धी तयार पार्दै आएको हो । यो वर्ष देखि अर्को एउटा ताज सहमेत थप गरी यो वर्ष बाट ५ जना सुन्दरीहरुलाई अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिसपर्धा गराउने भएको छ। राजधानीको ठमेलस्थित होटल नेपालयमा गरिएको अडिसनमा ५० सुन्दरी हरुको सहभागी रहेको थियो। युवतीका बाहिर तथा लुकेका प्रतिभा हरुलाई सौन्दर्य प्राथमिकतामा राखेर गरिँदै आएको मिस ग्रान्ड नेपाल यो वर्ष नौलो र सुधारात्मक हिसाबले अघि बढ्ने अफिसल कोरियो ग्राफर रोजिन शाक्यले भनाई छ।

लुकेका प्रतिभा मिस ग्रान्ड नेपालमार्फत प्रस्फुटन गर्न सफल भइरहेको र यसलाई निरन्तरता दिँदै नेपाललाई अझ धेरै मंचमा उतार्ने संचालक दोय गुरुङ र केसीले जानकारी दिनु भयो। मिस ग्रान्ड नेपाल जस्तो सुन्दरी प्रतियोगिता गरेर आर.के. इन्टरटेन्मेन्ट ग्रुपले नेपाली कला, संस्कृति र पहिचान अन्तर्राष्ट्रिय स्तरमा लैजान योगदान दिएको दाबी गरे। छनोटमा परेका सहभागीहरुलाई ४५ दिनको उपयुक्त कक्षाबाट तालिम प्रदान गर्दै मंसिरको दोस्रो हप्तामा फिनाले गरिने बताउनु भयो। मिस ग्रान्ड नेपाल २०२१ का बिजेताले नगदको साथै कम्पनी goodwill ambassador र नेपाली चलचित्रमा नायिका समेत हुदै , पाँचै बिजताले इन्टरनेशनल प्रतियोगितामा २०२१ , मा नेपाल को झन्डा फहराउदै नेपाल र आफ्नो उपस्थिति जनाउने अवसर प्राप्त गर्ने छन्।

