२०८३ बैशाख १७, बिहिबार

   2026, Apr 30 Thursday

माओवादी केन्दको धादिङ काठमाडौं सम्पर्क समन्वय समिति गठन

१७ आश्विन २०७८, आईतवार १८:४५

काठमाअसोज १७, काठमाडौं


नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० को धादिङ– काठमाडौं सम्पर्क समन्वय समिति अन्तरगत नीलकण्ठ नगरपालिका १० र ११ को दोस्रो भेला काठमाडौंमा सम्पन्न भएको छ ।
काठमाडौंको गार्डन होटेलमा शनिबार भएको भेलाले साबिकको ज्यामरुङ गाविस र अहिले नीलकण्ठ नगरपालिकाको १० र वडा नम्बर ११ को काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो भेलाले पार्टीको संगठनको जिम्मेवारी तथा पदाधिकारी चयन पनि गरेको छ । भेलाले वार्ड नम्बर १० मा शिब तिमल्सिनाको अध्यक्षतामा र वार्ड नम्बर ११ मा भाइराम थापाको अध्यक्षतामा ३÷३ सदस्य पछि थप्ने गरी २५÷२५ सदस्य कार्यसमिति चयन गरेको छ । त्यस्तै दुबै भेलाले वार्डमा सल्लाहाकार समिति समेत चयन गरेको छ । कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले चुनाव आउन लागेकाले पार्टीको संगठन विस्तार र निमार्णमा जोड दिनुपर्ने बताए । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सांसद पुष्पविक्रम मल्लले अबको राजनीतिको मियो युवा भएकाले सकारात्मक सोचका साथ युवालाई राजनीतिमा लाग्न आग्रह गरे । सशक्त राजनीतिका लागि समयसापेक्ष काम गरी समाजलाई एकीकृत बनाई अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
नेपालको राजनीतिप्रति अन्तर्राष्ट्रिय शक्तिको चासो बढेकाले राजनीतिक ध्रुवीकरण भन्दा पनि राष्ट्रियताको सवालमा गम्भीर बन्नु पर्नेमा नेता मल्लले जोड दिए । नेकपा ९माओवादी केन्द्र० की नेत्री तथा पूर्वमन्त्री कल्पना धमलाले गणतान्त्रिक व्यवस्था र संविधानको रक्षाका लागि समाजवादी क्रान्ति आजको आवश्यकता भएको बताइन् । उनले देशको मूल राजनीति माओवादी केन्द्रको हातमा रहेकाले यसलाई अगाडि बढाउन जनताको विश्वास जितेर काम गर्नुपर्ने बताइन् । नेकपा माओवादी केन्द्र नेता, पर्यटन व्यवसायी, जिल्ला विशेष उद्योग व्यवसायी संगठनका अध्यक्ष कमल सापकोटाले धादिङ नीलकण्ठ १० र ११ को दोस्रो भेलाले पार्टीको संगठन विस्तारलाई जोड दिएको बताए । उनले पार्टीको मूल जरो युवापुस्ता भएकाले सचेत, जुझारु र सक्रिय राजनीति गर्न सम्पूर्ण युवाहरुलाई आग्रह गरे । कार्यक्रममा नेकपा ९माओवादी केन्द्र० की नेत्री तथा नेपाल पर्यटन वोर्डका सदस्य पम्फा धमला, जिल्ला सदस्य सरला धमला, जिल्ला सदस्य चन्द्रबहादुर लम्साल, नीलकण्ठ ११ का वडाअध्यक्ष तिलक बहादुर थापा मगर, नीलकण्ठ ११ का पार्टी अध्यक्ष शिवकुमार श्रेष्ठ, गुठी संघर्ष समितिका संयोजक इश्वरी बहादुर लम्साल लगायतका नेताहरुले पार्टीको अबको योजना र जिल्लामा गर्नुपर्ने कामका बारेमा बोलेका थिए ।

Share on Social Media
  •  
  •  
  •  
  •  
1win букмекерская контора вход.10646 १७ बैशाख २०८३, बिहीबार ०२:३३
Pin Up Casino Azrbaycanda – Onlayn Kazino Girii.227 १७ बैशाख २०८३, बिहीबार ०२:२१
1win регистрация в букмекерской конторе 1вин.3290 (2) १७ बैशाख २०८३, बिहीबार ०२:१०

Mega

TV

Mega Tv
Go to Mega TV