महन्थ ठाकुरले किर्ते काम गरेको उपेन्द्रको आरोप
६ असार २०७८, आईतवार ०८:४२
६ असार २०७८ आइतबार, काठमाण्डौं
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले दलको विवरण परिवर्तन गरेको प्रति अर्का अध्यक्ष उपेन्द्र यादवले आपत्ति जनाएका छन् ।
उपेन्द्र यादव पक्षका जसपा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले शनिवार एक विज्ञप्ति जारी गरी अध्यक्ष ठाकुरले जालजासीपुर्ण काम गरेको आरोप लगाएका हुन् । गत पुस ७ गते बसेको केन्द्रीय कार्यकारिणी समितिका सम्पूर्ण निर्णयहरु सोही दिन अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरको संयुक्त हस्ताक्षरद्वारा सार्वजनिक गरिएको थियो । उक्त निर्णय कार्यकारिणी सदस्यहरु, केन्द्रीय सदस्यहरु, केन्द्रीय परिषद् सदस्यहरु, प्रदेश समिति, जिल्ला समिति लगायत सम्पूर्ण भातृ संगठनहरुलाई संयुक्त हस्ताक्षरद्वारा निर्णयको रुपमा परिपत्र समेत जारी गरिएको छ । तर त्यसमा केन्द्रीय कार्यकारिणी हेरफेर तथा पुनर्गठन गर्ने अधिकार महन्थ ठाकुरलाई दिने निर्णय कतै उल्लेख नभएको यादव पक्षको भनाइ छ ।

