२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

भोटकोशी गाउँपालिकाका अध्यक्ष द्धारा अरनिको राजमर्गको मर्मत सम्मारको काममा लागेको मजदुरहरु को स्वास्थ्य अबस्थाको बारेका चासो व्यक्त

२५ जेष्ठ २०७८, मंगलवार ११:३५


जेठ २५ २०७८,मंगलबार


कोरोनाले कसैलाई छोडेको छैन, धनी गरिव,हामिक,कामदार सवै यसको पीडामा छन्दि, लेभर काम गरेर बिहान बेलुकीको छाक टार्नुपर्ने मजदुरलाई पनि यसले पीडा दिएको छ । अरनिको राजमर्गको मर्मत सम्मारको काममा लागेको सिसिआरसिई कम्पनीका २३ जना मजदुर कोरोना पोजेटिभ देखिएर समस्यामा परेका छन् । उनीहरुको अवस्थाका बारे सोमबार भोटकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले चासो राख्नु भएको छ । यस्तो बेलामा तागतिलो खानेकुराको आवश्यक पर्ने भन्दै अध्यक्षज्यूले फलफुल पनि प्रदान गर्नुभएको छ । मर्मत सम्मारको काममा लागेका ६३ जना मजदुरहरुलाई कोरोना परिक्षण गरिएको थियो ती मध्ये २३ जनामा पोजेटिभ देखिएको थियो। उनीहरुलाई अध्यक्षज्यूले खान बस्न र अन्य अवस्थाका बारे चासो राख्दै मास्क,सेनिटाईजर लगायतको सचेतनाका सामाग्री पनि प्रदान गर्नुभएको हो । साथै कम्पनीका प्रतिनिधिसँग अध्यक्ष पौडेलले समन्वय र छलफल गरेर पोजेटिभ देखिएका मजदुरहरु क्वारेन्टीन बसेको समयको तलव भत्ता पनि नकाटिने ब्यवस्था मिलाउनु भएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV