भारतीय फुटबल टिममा सन्देश झिंगान क्लब एचएनके सेबिनिकमा अनुबन्धित
३ भाद्र २०७८, बिहीबार १३:३०
३ भाद्र २०७८, काठमाण्डौं
भारतीय फुटबल टिममा डिफेन्डर सन्देश झिंगान क्रोएसियाको शीर्ष डिभिजन लिग क्लब एचएनके सेबिनिकमा अनुबन्धित भएका छन् ।
सेबिनिकले इन्डियन सुपर लिग क्लब एटिके मोहन बगान एफ.सीबाट सन्देशलाई अनुबन्ध गरेको जनाएको छ । सेबिनिकले हालसम्म शीर्ष लिगको उपाधि भने जितेको छैन । २८ वर्षीय सेन्टर ब्याक सन्देश क्रोएसियाको शीर्ष लिग खेल्ने पहिलो भारतीय फुटबल खेलाडी समेत बनेका छन् । सन्देशले भारतका लागि ४२ खेल खेलिसकेका छन् । सन्देश २०२०÷२१ को वर्ष फुटबलर अफ दि इयर अवार्ड विजेता समेत हुन् ।
Share on Social Media

