भाद्र २२ गतेपछि मात्र सरकारमा सहभागी हुने उपेन्द्र यादवको भनाई
१७ भाद्र २०७८, बिहीबार १५:५४
भाद्र १७, काठमाण्डौं
जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भाद्र २२ गतेपछि मात्र पार्टी सरकारमा सहभागी हुने स्पष्ट पार्नुभएको छ ।
बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यादवले कठिन अवस्थामा बनेको सरकार २२ गते पछि पूर्णता पाउँने बताउनुभएको हो । उहाले गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँड विषयमा कुनै विवाद नै नरहेको दावी गर्नुभयो । अहिले गठबन्धन दलबीच भएको सहमतिअनुसार नै सरकार सञ्चालन भएको उहाले बताउनुभयो । त्यस्तै अध्यक्ष यादवले महन्थ ठाकुरलाई अरु कसैले प्रयोग गरिरहेको आरोप लगाउनुभयो । उहाले लोसपासंग जसपाको कुनै प्रतिस्पर्धा नै नहुने जिकिर गर्नुभयो ।
उहाले जसपाका प्रदेश सांसदहरु सचेत रहेको र अन्य कसैले पनि तान्न नसक्ने बताउनुभयो ।

