२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

न्दीपलाई टी–२० ब्लास्ट र द हन्ड्रेड बल प्रतियोगिता खेल्न बाटो खुला

२४ जेष्ठ २०७८, सोमबार ११:३१

जेठ २४ २०७८, सोमबार

लेग स्पिनर सन्दीप लामिछानेले शुक्रबार भिसा प्राप्त गरे सँगै सन्दीपलाई टी–२० ब्लास्ट र द हन्ड्रेड बल प्रतियोगिता खेल्न बाटो खुला भएको छ ।
बेलायतमा ९ जुनबाट शुरु हुने टी–२० ब्लास्ट क्रिकेट खेलमा सहभागी हुन सन्दीप मेको अन्तिम सातामै त्यहाँ पुग्नुपर्ने थियो । तर समयमै भिसा नआईदिनाले अब भने बेलायत पुगेपछि पनि आबश्यक प्रोटोकल पुरा गरेर प्रतियोगितामा सहभागिता जनाउँदा चार वा पाँच खेल गुमाउने सम्भावना रहेको छ । सन्दीप टी–२० ब्लास्टमा वोस्र्टसायरका लागि र द हन्ड्रेड बलमा इन्भिजिवल्सका लागि खेल्दै छन् । भिसा समयमै प्राप्त गर्न नसक्दा सन्दीपले केही समस्या झेल्नुपर्ने बताईएको छ । विदेशबाट जानेलाई बेलायतले अनिवार्य दश दिनको क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएकै कारण,यो प्रोटोकल अपनाएर बेलायत जाँदा सन्दीप १० दिन क्वारेन्टिनमा बस्नुपर्छ । दुईपटकसम्म कोरोनाको रिपोर्ट नेगेटिभ आउँदा मात्र उनी टी–२० ब्लास्टमा सहभागी हुन पाउनेछन् । यता क्रिकेटकै नयाँ शैलीको द हन्ड्रेड बलमा सन्दीप इन्भिजिवल्समा ड्राफ्टमार्फत एक करोड ४७ लाख २५ हजार रुपैयाँमा अनुबन्ध भएका हुन् । विदेशी फ्रेन्चाइज क्रिकेट लिगमा सन्दीप आबद्ध भएको यो अहिलेसम्मकै महँगो मूल्य हो । द हन्ड्रेड बल प्रतियोगिता २२ जुलाईदेखि १८ अगस्टमा आयोजना हुँदै छ । टी–२० ब्लास्ट सँगसँगै सन्दीपले द हन्ड्रेड बलमा पनि सहभागिता जनाउनेछन् ।

Nepal’s Sandeep Lamichhane prepares to bowl during a team training session at the Affies Park on Wednesday, ahead of their ICC World Cricket League Division-II match against Namibia. Photo Courtesy: Raman Shiwakoti
Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV