प्रदेश २ सरकारमा सहभागी काँग्रेसका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ
२७ जेष्ठ २०७८, बिहीबार ०८:५४
जेठ २७ २०७८ बिहिबार, काठमाण्डौं
प्रदेश २ सरकारमा सहभागी काँग्रेसका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
जसपा नेतृत्वको सरकारमा काँग्रेसबाट मन्त्री बन्नुभएका संसदीय दलका नेता रामसरोज यादवसहित ओमप्रकाश शर्मा र वीरेन्द्र सिंहले गए राति पद तथा गोपनीयताको शपथ लिनुभएको हो । उहाँहरुलाई प्रदेश प्रमुख राजेश झाले एक विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । नवनियुक्त मन्त्रीमध्ये यादवले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शर्माले ऊर्जा तथा खानेपानी मन्त्रालय र सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो । यस्तै, मागेको जति मन्त्रालय नपाउने भएपछि नेकपा माओवादी केन्द्र भने प्रदेश २ सरकारमा सहभागी नहुने भएको छ ।
माओवादीले २ मन्त्रालय मागेको थियो । तर, जसपाले अन्तिम समयमा १ मन्त्रालय मात्रै दिन सकिने बताएको थियो । यसै विषयलाई लिएर माओवादी भड्किएको हो । सामाजिक सञ्जालमार्फत माओवादी केन्द्रका सांसद जगत यादवले यस्तो जानकारी गराएका हुन् । उहाँले पार्टीले दुई मन्त्रालय मागेकोमा अहिले एउटामात्रै दिने भनिएकाले त्यसमा आफूहरु सहमत नभएको बताउनुभयो ।


