प्रदर्शनको क्रममा नेबिसंघका बिधार्थी नेता नयाँबजारबाट पक्राउ
२४ असार २०७८, बिहीबार २०:३०
२४ असार २०७८, काठमाण्डौं
ने बि संघले काठमाडौँमा प्रदर्शनका क्रममा सात जनालाई पक्राउ गरेको छ । कोरोना कहरका बिचमा पेट्रोलीयम पदार्थ , ग्याँस र खाद्यान्नमाभएको मूल्यबृदिका कारण आज ने बि संघले प्रदर्शनका क्रममा नेबिसंघ पब्लिक युथ क्याम्पसका बिधार्थीलाई प्रहरीले पक्राउ गरेको हो । शक्तिपुण प्रदर्शनमा ने बि संघका , सन्तोष श्रेष्ठ, सुमन घिमिरे, सविन गौतम, प्रज्जल अधिकारी, सागर भट्टराई, सागर खत्री, रविन्द्र दाहाललाई स्रोहखुट्टे प्रहरीले पक्राउ गरेको हो ।

ने वि संघ पब्लिक युथ क्याम्पसका बिधार्थी नेताहरूको नेतृत्वमा भएको शक्तिपुण आन्दोलनमा संसदको पुनस् स्थापना, असबैधानिक, अलोकतान्त्रिक कदमको बिरुदमा, शिक्षामा भएको बेथिति, कोरोना कहरका बिचमा पेट्रोलीयम पदार्थ ग्यास र खाद्यान्नमा भएको मूल्यबृदि नियन्त्रण र बिधार्थी र शिक्षकलाई खोपको व्यवस्था हुनु पर्ने माग गर्दै ने बि संघ पब्लिक युथ क्याम्पसका बिधार्थी प्रदर्शनमा उत्रिएका हुन् ।


