प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामाथि आजै सुनुवाई हुँदै
२३ जेष्ठ २०७८, आईतवार १३:५४
२३ जेष्ठ २०७८, आइतबार
संविधानसभा विघटनविरुद्धको मुद्दामा आज सुनुवाई हुँदैछ ।
प्रतिनिधिसभा विघटनका विषयमा परेका ३० वटा मुद्दा माथि संवैधानिक इजलासबाटसुनुवाई हुन लागेको हो । यसअघि यसै मुद्दामा सुरु भएको सुनुवाइमा इजलास गठनमै विवाद भएपछि आज पुनः नयाँ संवैधानिक इजलास गठन गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ गर्न आज नयाँ संवैधानिक इजलास गठन गर्नुभएको हो ।वरिष्ठताका आधारमा गठन गरिएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई रहनुभएको छ । यसअघि जेठ१४मा गठन गरिएको संवैधानिक इजलासका दुई न्यायाधीशमाथि अधिवक्ताहरूले प्रश्न उठाएपछि सुनुवाइ प्रभावित भएको थियो । यसअघि न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठसहितको संवैधानिक इजलास गरिएको थियो ।


